आज वाग्मती, मधेस र कोसी प्रदेशको मौसम बदली ।

काठमाण्डौँ, बुधबार साँझ नेपालको पश्चिमी भागबाट भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव लगभग सकिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, बाजुरा, डोटीलगायत स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्रायः ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षा भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ । हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको विभागले जनाएको छ ।
डडेलधुराको साहुखर्कमा १६ मिलिमिटर, बाजुरामा १३.४ मिलिमिटर, डोटीमा १० दशमलव २ मिलिमिटर वर्षा भएको छ ।
हिजो पश्चिम नेपालमा वर्षा गराएको पश्चिमी न्यून चापीय प्रणालीको असर अहिलेलाई लगभग सकिएको छ । तर आज वाग्मती, मधेस र कोसी प्रदेशमा थोरै बदलीको सम्भावना छ । बाँकी ठाउँमा मुख्यतया आज मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्