२०८१ माघ २६
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख ।

काठमाण्डौँ , क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ । ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ । त्यसैले एक–दुई दिनमै वार्डमा सार्न सकिने उपचारमा संलग्न डाक्टरहरुले जनाएको छ ।
७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्