कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना ।

काठमाण्डौँ, आज (शनिबार– कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण यी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोे छ ।
त्यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरा लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा सामान्य असर परेको महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौस
मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्