२०८१ माघ ६

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ।

काठमाण्डौँ, राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सिंहदरबार पश्चिम गेटमा रहेको सालिकमा राष्ट्रपति पौडेलले माल्यार्पण गरेका हुन् ।
पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै छ । राप्रपा र राप्रपा नेपालले चियापानसहितको औपचारिक कार्यक्रम आयोजना गर्दै छ । हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।