२०८१ माघ ६

आज ६ प्रदेशमा वर्षा, केही स्थानहरूमा हल्का हिमपातको सम्भावना ।

काठमाण्डौँ, देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।