क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा, सन् २०२५ को अक्टोबरमा चुनाव हुने ।
काठमाण्डौँ, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनाको घोषणा गरेका छन् । यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जनाए ।
राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए । उनले भने, ‘प्रधानमन्त्रीको रूपमा हरेक दिन सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा हो । हामीले महामारीका बेला सेवा ग¥यौँं । बलियो लोकतान्त्रका लागि काम ग¥यौँं । तपाईंहरू सबैलाई थाहा छ म योद्धा हुँ ।’
उनले सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि नै क्यानडाको हितका लागि र मध्यम वर्गीय जनतालाई माथि उकास्नका लागि काम गरेको बताए ।
तर, उनले किन राजीनामा दिए भन्नेमा चाहिँ खुलाएनन । प्रधानमन्त्र ट्रुडोको लोकप्रियता खस्किँदै गएको थियो । त्यसैले लिबरल पार्टीका नेताहरूले नै राजीनामा दिन दबाब दिँदै आएका थिए । त्यसैले उनले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
क्यानडामा सन् २०२५ को अक्टोबर महिनामा चुनाव हुँदैछ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्