काठमाण्डौँ उपत्यका, मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो ।

काठमाण्डौँ, पश्चिमी वायुको सामान्य प्रभावका कारण काठमाण्डौँ उपत्यका, मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (आइतबार) दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोली (सोमबार) भने गण्डकी, कर्णाली र सुदूरपश्चिम हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
आज (आइतबार) बिहान तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर परेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्