२०८१ माघ २६

विश्वभर नयाँ वर्ष २०२५को स्वागत ।

काठमाण्डौँ, आज सन् २०२५ को पहिलो दिन अर्थात १ जनवरी २०२५ । विश्वभर आज नयाँ वर्ष २०२५ लाई स्वागत गरिँदैछ ।
विश्वका विभिन्न देशहरूमा समय पनि फरक–फरक हुने भएकाले नयाँ वर्षलाई अलग–अलग समयमा स्वागत गरिँदैछ ।
करिब ४० वटा देशले अंग्रेजी नयाँ वर्षलाई नेपालभन्दा पहिले नै स्वागत गर्छन् । अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, चीन, हङकङ, जापान लगायतका देशहरूमा भव्यताका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।


ग्रेगोरियन पात्रो अनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । विश्वका अधिकांश देशका मुख्य शहरहरूमा अहिले शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरू भइरहेका छन् ।
यसैबीच अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस नजिकै थुप्रै मानिसहरू भेला भएर नयाँ वर्षको स्वागत गरेका छन् ।
स्पेन, जापान, फिलिपिन्स, दुबईलगायतका देशमा पनि नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
त्यस्तै, विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् ।