२०८१ माघ २६

आज अन्तर्राष्ट्रि टोपी दिवस, विविध कार्यक्रम गरी मनाइदै ।

काठमाण्डौँ, आज नेपालमा १२ औं अन्तर्राष्ट्रिय टोपी दिवस विविध कार्यक्रम गरी मनाउँदै छ ।
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा अँग्रेजी नयाँबर्ष जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस“ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।
सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । “नेपाली टोपीः नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिएको हो ।
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ ।
बिगत केहि वर्षदेखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाल लगायत विभिन्न समुह, संस्थाहरूले देश तथा बिदेशमा नेपाली टोपी दिवसको प्रचार–प्रसार सहित विविध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् ।
अन्तराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति, जनजातिले आफ्नै टोपी वा आआफ्नो मौलिक शिरपोश लगाएर मनाउन आह्वान गर्दै आफ्नो संस्कृतिको संरक्षणको भावना राखिएको हुन्छ ।
यो अभियानको मूल उद्देश्य “नेपाली÷गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवद्र्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।