२०८१ माघ ६
पेट्रोलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो ।
काठमाण्डौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ ।
प्रतिक्रिया दिनुहोस्