२०८२ असार ३
१८ औं संस्करणको सैन्य अभ्यास सूर्यकिरण मंगलबारदेखि सुरु ।

काठमाण्डौँ, नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८ औं संस्करण मंगलबारदेखि सुरु भएको छ ।
अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११ औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।
प्रवक्ता केसीका अनुसार नेपाली र भारती सेनाबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका संयुक्त सैन्य अभ्यासले महत्वपूर्ण भूमिका खेल्छ ।
तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवाद विरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् ।
दुई सातासम्म चल्ने यो अभ्यास २०६७ सालदेखि सुरु भएको हो । दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्