२०८१ माघ ६

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन ।

विरगञ्ज, वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको अवधिमा ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार रुपैयाँराजस्व संकलन गरेको छ ।
कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १२ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । तर मङ्सिर महिनामा भने रु १४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व संकलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार रुपैयाँ बढेको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।