आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै ।

काठमाण्डौँ, आज नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली काँग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेता भट्टराईको जन्मजयन्ती मनाउन लागेका हुन् ।
विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।
विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेका थिए ।
आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा परिचित नेता भट्टराइ तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको थिए । सन्तनेता भट्टर्राईको निष्ठाको राजनीतिको सबैले मुक्तकण्ठले प्रशंसा गर्छन् ।
प्रतिक्रिया दिनुहोस्