२०८१ माघ २६

बाजुरामा भूकम्प धक्का ।

बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।
पुनः भूकम्प आउने डरले स्थानीय त्रासीत बनेका थिए । भूकम्प गएपछि के कत्ती क्षती भयो भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय बाजुराले भूकम्पबाट कुनै क्षति नभएको मनाङ अनलाइनलाई जनाएको छ ।