२०८१ चैत्र ५

आजबाट मनकामना केबुलकार सुचारु ।

कुरीङटार, आज (बुधवार) बाटमनकामना केबलकार सुचारु भएको छ ।
मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिए ।
२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरी विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ ।
२ दिन सम्म मनकामना केबुलकार बन्द हुन पुगेकोमा सम्पूर्ण नागरिकमा मनकामना दर्शन प्रालिले क्षमा याचना समेत गरेको सूचना उल्लेख गरिएको छ ।