२०८१ चैत्र ५

पूर्वमन्त्री तथा काठमाण्डौँका पूर्वमेयर पीएल सिंहको निधन ।

काठमाण्डौँ, काठमाण्डौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाण्डौँ नगरपालिकाको मेयर बनेका थिए ।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।