२०८१ माघ ६

सांसद गुरुङको पहलमा अधिकार सम्पन्न सहजीकरण समिति गठन ।

चामे, प्रतिनिधि सभा सदस्य माननीय टेकबहादुर गुरुङको पहलमा निमार्णधी मनाङ मस्र्याङदी हाइड्रो पावरको निमार्ण कार्य विना अवरोध समयमै सम्पन्न गर्न १७ सदस्य सहयोग तथा सहजीकरण समिति गठन भएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय मनाङको सभाहलमा भएको भेलालाई सम्बेधन गर्दै सांसद गुरुङले मनाङ जिल्ला प्राकृति सम्पदाको भण्डार भएको बताए । यहॉ जलविद्युत बाहेक शिक्षा, स्वस्थ्य, पर्यटन र कृषिको पनि प्रचुर सम्भावना रहेको बताए ।
उनले यस मनाङ स्र्याङदी हाइड्रो पावर कम्पनीको निमार्ण कार्यसंगै मनाङमा बहुबर्षीय राष्ट्रिय गौरवका आयोजनाहरु बन्दै जाने भएकाले मनाङको समबृद्धीको ढोका खुलेको दाबी गरे । यहॉको खोलाहरुबाट हजारौं मेधावाट जलविद्युत निकालन सकिने भन्दै १३५ मेधावाटको मनाङ मस्र्याङदी हाइड्रो पावरको निमार्ण कार्य विना अवरोध समयमै सम्पन्न गर्नुपर्ने सम्पूर्ण मनाङवासी तपाई हामी सबैको कर्तब्य भएको बताए ।


यस निमार्णधीन मनाङ स्र्याङदी हाइड्रो पावर कम्पनीले मनाडवासीका लागि कोभिड १९ को बेला र बाढी पहिरोको बेला ठूलो सहयोग गरेको र हालैमा बेसीशहर–चामे सडकको स्तरउन्नती गर्दै गरेकोप्रति मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीलाई धन्यवाद दिए । आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित हाइड्रो पावरका साथै शिक्षा, स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।
भेलाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनाङ स्र्याङदी हाइड्रो पावर कम्पनी मात्र नभएर सम्पूर्ण मनाङ जिल्लाको विकास निमार्ण, शान्ती–सुरक्षा अमन चयन, आम नागरीकको हक–अधिकारका साथै जिउ–धनको सुरक्षाको प्रत्याभूती दिन आफु निरन्तर लागी परेको र कोही कसैलाई पनि त्यस विरुद्ध जाने अधिकार नभएको भन्दै त्यसको बिरुद्धमा जाने जो कोही दण्ड सजायको भागेदार बन्ने बताए ।
गण्डकी प्रदेश सांसद मुनिन्द्रजंग गुरुङ, जिल्ला समन्वय समिति प्रमुख चिनबहादुर घले, अध्यक्ष, धनबहादुर गुरुङ, अध्यक्ष लोकेन्द्र बहादुर घले, उपाध्यक्ष वेदबहादुर गुरुङ, वडा अध्यक्षहरु याद घले, मिङमार छिरिङ बिष्ट, मनाङ स्थित् नेपाली सेनाका गुल्मपति सेनानी राजु बिष्ट, प्रहरी निरीक्षक चिरञ्जीवी पाण्डेय सहितको उपस्थित भेलाले मनाङ स्र्याङदी हाइड्रो पावरको निमार्ण कार्य विना अवरोध समयमै सम्पन्न गर्न गण्डकी प्रदेश सांसद मुनिन्द्रजंग गुरुङको नेतृत्वमा १७ सदसीय सहयोग तथा सहजीकरण समिति गठन गरेको छ । समितिले मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनी निमार्णमा आइपर्ने विविध प्रकृतिका समस्याहरुको समाधनमा सहजीकरण गरिने जनाइएको छ ।
सहजीकरण समितिमा नासोँ र चामे गाउँपालिकाका अध्यक्ष र उपाध्याक्ष, प्रभावित वडाका वडाअध्यक्ष, मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीका पाँचजना प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य, जिल्ला स्थित् सुरक्षा निकायका प्रमुख सदस्य रहेका रहेका छन् ।