२०८१ माघ ६

आज काठमाण्डौँमा यस वर्षकै चिसो ।

काठमाण्डौँ, आज बिहान ५ः४५ बजे काठमाण्डौँको तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो ।
हिजो मंगलबार बिहान ५ः४५ बजे काठमाण्डौँको तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको थियो । आज चिसो बढेर तापक्रम ४ मा झरेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने, रातको समयमा बादल नलागेका बेला मौसम चिसो हुने गरेको विभागले जनाएको छ ।
काठमाण्डौँंमा आज दिउँसो मौसम सफा रहेनेछ तर भोलि र पर्सि (बिहिबार र शुक्रबार)भने बदली हुने विभागले जनाएको छ । मौसममा बदली भए पनि वर्षाको सम्भावना भने नरहेको विज्ञप्तीमा भनेको उल्लेख छ ।