२०८१ माघ ६

माननीय टेकबहादुर गुरुङ बेसीशहर–चामे सडक स्तर उन्नतीका लागि स्थानीय जनप्रतिनिधि र जनतासंग भलाकुसारी गर्दै ।

धारापानी,  प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले बेसीशहर–चामे सडक स्तर उन्नतीका लागि सरोकारवाला पक्षसंग छलफल गरेका छन् ।
जिल्ला भ्रमणका क्रममा माननीय गुरुङले बेसीशहर–चामे सडक स्तर उन्नतीका लागि सो सडकखण्ड अन्र्तगत पर्ने अति साँधुरो र जोखिमपूर्ण क्षेत्र जगत र चाम्चेको स्थलगत निरीक्षण गरी ताङरिङ गाउँपालिकाका अध्यक्ष, बलबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका–९ का खुसी गुरुङ, जगत र चाम्चेका स्थानीयवासीसंग बृहत छलफल गरेका छन् ।


सडक निरीक्षणमा मनाङ हाइड्रो पावर कम्पनीका प्रमुख ली, म्यानेजर प्रतिकमान सिंह प्रधान लगायत सदस्य, सडक डिभिजन कायर्यालय, बेसीशहरका इञ्जिनीयर संजिव अधिकार लगायतको टोली,प्रदेश सांसाद मुनिन्द्रजंग गुरुङ, ताङरिङ गाउँपालिकाका अध्यक्ष, बलबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका–९ का खुसी गुरुङ सहभागी थिए ।
स्थानीय जनप्रतिनिधि र जनताले साँधुरो र जोखिमपूण सडकको स्तरउन्नतीमा ठोस सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
माननीय गुरुङले स्थानीयसँगको सहमतीहरुलाई मंगलबार मनाङ सदरमुकाम चामेमा बस्ने बैठकले अन्तिम रुप दिने र तत्काल कार्यन्वयनमा लैजाने पनि बताए ।


प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङ र मनाङमा निमार्णधीन मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीबिच पटकपटक भएको सम्झदारी अनुसार मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीले लमजुङको खुदीबाट मनाङको कोतोसम्म ५० किमी सडकको स्तरउन्नती गर्ने भएपछि सडक विस्तार कार्याले तिब्रता पाएको हो ।