२०८१ माघ ६

विजनेश कम्प्लेक्स सहित ६ वटा संरचनाको नयाँ ब्यवस्था ।

दमक, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरासहित नेपालका ६ वटा विशेष संरचनालाई सञ्चालनका लागि नयाँ ब्यवस्था गर्न लागिएको बताएका छन् ।
देशको आर्थिक बिकासमा टेवा दिने धरहरा, झापा दमकको बिजनेश कम्प्लेक्स लगायतका योजना सञ्चालनका लागि कार्यविधि ल्याइसकिएको बताउँदै उनले त्यसको कार्यान्वयन हुने बताएको हो ।
नेपाली काँग्रेस दमक नगर समितिले आइतवार दमकमा आयोजना गरेको कार्यक्रममा काँग्रेस नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले सञ्चालनको जिम्मेवारीबाट संघीय सरकार नपन्छने स्पष्ट पारे । यस प्रकारका संरचना सञ्चालनसम्बन्धिको अन्योलता अब हटेको बताए ।
ठुला विशिष्टकृत योजनालाई ब्यवस्थित ढङ्गले चलाएर आर्थिक बिकासमा जोड्न सरकार प्रतिबद्ध रहेको बताए । संरचनाहरु बनेपछि उद्देश्यअनुरुप सञ्चालन हुनुपर्छ र गर्नुपर्छ, उनको भनाई छ । उनले दमकको विजनेश कम्प्लेक्स नेपालकै नमुना भएकाले यो चाँडो सञ्चालनमा आउने जानकारी दिए ।
मुलुकमा स्थिरता प्रदानगरी बिकासको गतिलाई अघि बढाउन काँग्रेस स्पष्ट रुपमा अघि बढ्ने उनले बताए । मूलकको विकासका लागि जनभावाना बुझेर अघि बढ्नुको बिकल्प नरहेको उनको भनाइ छ ।