२०८१ चैत्र ५

चमेको कोतोबाट नार्पाभूमी गाउँपालिकाको सेवा प्रवाह हुने ।

चमे, हिमाल पारीको जिल्ला मनाङको उत्तरमा रहेको नार्पाभूमी गाउँपालिकाले सर्वसाधरणलाई प्रवाह गर्ने सेवा सदमुकाम चामेको कोतोबाट सञ्चालन गर्ने भएको छ ।
उच्च हिमाली क्षेत्रमा रहेको यस गाउँपालिकामा अत्याधिक चिसो बड्नुका साथै चिसो छल्न सर्वसाधरण समेत गाउँ छाडी अन्यत्र जाने भएकोले गाउँसभाको पूर्ण बैठकले आगामी पुस १५ गतेदेखि चैत्र १५ गतेसम्म सदरमुकाम चामेको नजीकै रहेको कोतोमा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिने गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले एक विज्ञप्ती जारी गरी सबैमा जानकारी गराएको छ ।
सामान्यतय हरेक पुसको पहिलो हप्तादेखि नै माथिल्लो मनाङको निस्याङ र नार्पाभूमी गाउँपालिकाका सर्वसाधरण जाडो छल्न अन्यत्र जाने गर्दछ ।