२०८१ माघ ६

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावन ।

काठमाण्डौँ, पश्चिमी वायुको प्रभावका कारण आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफारहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको पनि विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले आज राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । त्यसैगरी कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।