नेपाल प्रिमियर लिगमा आज दुई खेल हुने ।
काठमाण्डौँ, नेपाल प्रिमिय लिग (एनपीएल) मा आज (बिहीबार) पनि दुई खेल हुँदै छन् ।
आज बिहान ९ बजेदेखि पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।
प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा हुनेछ ।
आजै हुने दोस्रो खेलमा काठमाण्डौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिमको यो दोस्रो खेल हो ।
यसअघि सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । काठमाण्डौँको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाण्डौँले एकमा जित र एकमा हार व्यहोरेको छ ।
काठमाण्डौँले पहिलो खेलमा चितवनसँग पाँच विकेटको हार व्यहोर्दा दोस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।
-
१
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
२
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
३
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
४
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्