प्रधानमन्त्री केपी शर्मा ओली आज छिमेकी मुलुक चीन प्रस्थान गर्दै, मन्त्रीपरिषद् बैठकद्वारा भ्रमण सफलताको शुभकामना ।
काठमाण्डौँ, आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै छन् ।
चीनयाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान गर्न लागेका हुन । प्रधानमन्त्री ओली मन्त्रीमन्त्री भएपछिको यो पहिलो औपचारिक चीन भ्रमण हो ।
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको छ । बैठकले चीनले नेपालमा बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
मन्त्री गुरुङले यसका अतिरिक्त प्रस्तावित तीन सय मिलियन आरएमबी (करिब पाँच अर्ब ६० करोड रुपियाँ) बराबरको कार्यक्रम सम्झौता स्वीकार गर्ने निर्णय भएको पनि बताए । प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने प्रवक्ता गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्