मेला काग्यु लिङ महाबौद्ध गुम्बको निमार्ण सम्पन्न, पुजनीय मनिवा शेराब ग्याल्छेन रिम्पुछेद्वारा समुद्घाटन । (समुद्घाटनका केही फेटोहरु)

गैंडाकोट, मेला काग्यु लिङ महाबौद्ध गुम्बको पुजनीय मनिवा शेराब ग्याल्छेन रिम्पुच्छेद्वारा समुद्घाटन सम्पन्न भएको छ ।
मनाङको खाङसारबाट हालको नवपुरको गैंडाकोट र नारायणघाटमा बस्दै आएका मनाङी जनताद्वारा आप्mनो धर्म, संस्कृति तथा परम्परालाई जोगाइराख्न आज भन्दा करिब १३ बर्षअधि लामागुरु आचार्य भोटुल रिम्पोछे र लिङछेयोन छाम्पा रिन्पोछेको अगुवाईमा गुम्बा निमार्ण कार्य शुभारम्भ भएको थियो ।
२०६७ साल पूर्णीमाको दिन आचार्य भोटुल रिनपोछेको आज्ञामा लिङछेयोन छाम्पा रिन्पोछे, गोपाल गुरुङ र राम गुरुङबाट यस गुम्बाको शिलान्यास गरिएको थियो । त्यसो त यस गुम्बाको निमार्णमा श्री काल्तेन गुरुङ, श्री मुखिया गुरुङ, श्री कर्म गुरुङ, श्री ओङ्ेल गुरुङ, श्री कान्छा गुरुङको योगदान भरपुर रहेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।
पूर्व–पशिचम राजमार्गको छेवैमा खमङ्सार मनाङ समाज, नारायणघाट मनाङे समाज, लिलिचो खाङ्सार सेवा समिति, नारायणघाट मनाङे आमा समुह लगायत विभिन्न संघ संस्था र व्यक्तीको सामाजीक र नैतिक सहयोगमा नवर्मित यस गुम्बाले धर्मावलम्बिको आस्था र विश्वासमा टेवा गुग्नुका साथै आन्तरिक तथा वाह्य पर्यटकको आवत जावतले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास गुम्बा समितिको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्