२०८१ मंसिर २९

परराष्ट्रमन्त्री राणा भोली चीन जाने ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री आरजु राणा बिहीबार चीनको औपचारिक भ्रमणमा जाँदै छन् । चीनीया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री राणाचीन जान लागेका हुन ।
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री यीबिच शुक्रबार औपचारिक वार्ता हुने कार्यसूची तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भेटवार्तामा उठ्ने विषयका बारेमा छलफल गर्न चीनका तर्फबाट नेपालका लागि राजदूत सोङ पटक पटक मन्त्रालय पुगेरै मन्त्री राणासँग परामर्श लिएका छन् । परराष्ट्रमन्त्री राणाले चीनका विदेशमन्त्री यीसँग दुई देशको द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका साथै दुई छिमेकी मुलुकबिच कार्यान्वयनमा रहेका विकास साझेदारीको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ ।
साथै भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको आवश्यक तयारीका विषयमा पनि छलफल हुने छ । चीनमा नेपालको तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण भएकाले त्यसको तारतम्य मिलाउन परराष्ट्रमन्त्री राणाले पहल गर्नेछन् । चीनस्थित नेपालको दूतावाससँग प्रधानमन्त्रीको भ्रमणका विषयमा भइरहेको तयारीका बारेमा पनि जानकारी लिने जनाइएको छ ।
मन्त्रीपरिषद्को निर्णय अनुसार मङ्सिर १३ गतेदेखि १५ गतेसम्म चीन भ्रमणको मिति तय गरिएको छ । सो अनुसार मङ्सिर १५ मा नै स्वदेश फर्कनुहुने कार्यसूची रहेको छ । १७ गते प्रधानमन्त्री ओली चीन जाने कार्यक्रम छ ।