२०८१ मंसिर २९

काठमाण्डौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाण्डौँ, केही दिनदेखि काठमाण्डौँ उपत्यकाको तापक्रम निरन्तर घट्ने क्रममा छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान काठमाण्डौँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोे जनाएको छ ।
आज सघीय राजधानी काठमाण्डौँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिच रहने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।