राहदानी सम्बन्धि सम्पूर्ण सेवा सुचारु भयो : राहदानी विभाग

काठमाण्डौँ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु भएको विभागले सूचना जारी भएको जानकारी गराएको छ ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले राहदानी सेवा अवरुद्ध भएको थियो ।
सेवा सुचारु भएकाले सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । जिल्ला÷इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने पनि विभागले उल्लेख गरेको छ ।
यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाई कार्य नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला÷इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागको सूचनामा उल्लेख छ ।
विभागले आ–आफ्नो जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि तत् तत् निकायमा सम्पर्क गर्नुहुन समेत सूचित गरेको छ । साथै विभागको टेलिफोन नं.९७७–१–५९७०३३०÷३३१÷३३२ मा सम्पर्क गरी थप जानकारी लिन सकिने पनि सूचनामा जनाएको छ ।’
प्रतिक्रिया दिनुहोस्