मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको लगानी जुट्यो, निमार्ण कार्या शुरु ।

काठमाण्डौ, १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापनको अन्तिम टुंगो लागेसंगै निमार्ण कार्य पनि शुरु भएको छ ।
शुक्रबार होटल हायात रिजेन्सीमा भएको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापनको अन्तिम टुंगो र निमार्ण कार्य शुभारम्भ धोषणा सभालाई सम्बोधन गर्दै पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा वर्तमान प्रतिनिधीसभा सदस्य माननीय टेक बहादुर गुरुङले मनाङ जिल्लामा चिनीयाँ नमिार्ण कम्पनी र बुटवल पावर कम्पनीको लगानीमा निमार्ण हुने मनाङ मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको पूर्ण सफलताको शुभकामना दिंदै विनाअवरोध आयोजना समयमै सम्पन्न हुने विश्वास ब्यक्त गरे ।
माननीय टेकबहादुर गुरुङले भौगोलिक विकटता, साँघुरो र जोखिमपूर्ण सडकको अवस्था भए पनि मनाङ ममर्स्याङदी जलविद्युत् आयोजनाको निमार्ण कार्य शुरु हुनु समग्र मनाङवासीका लागि खुशीको कुरा भएको बताए । उनले आयोजना निमार्णसंगै मनाङको पर्यटन, कृषि लगायतको समग्र विकास हुनका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए ।
उनले विगतमा भएको सहमती अनुसार लमजुङको खुदीदेखि मनाङको कोतोसम्म ५० किमी सडक स्तर उन्नतिका लागि स्थानीय र नेपाल सरकारसंग सहजीकरणका साथै पहलकदमीका लागि पूर्ण साथ र सहयोग रहने प्रतिब्दता ब्यक्त गरे । त्यसैगरी, वन ऐन र अन्नपूर्ण संरक्षण क्षेत्र ऐन र कानून समय सापेक्ष परिमार्जन आवश्यक भएको भन्दै नेपाल सरकारको ध्यान आर्कषण गरे ।
उनले आयोजनाको निमार्ण र सञ्चालनमा हजरौै स्थानीयवासीलाई सामाजीक सुरक्षा, स्वास्थ्य बिमा र स्वास्थ्य सुरक्षा सहितको रोजगारीको माग समेत गरे ।
कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदुत चेन सोङले मनाङ मस्र्याङदी जलविद्युत् आयोजना नेपाल–चीन सम्बन्धको एउटा प्रतिक भएको बताए । परियोजनाले नेपाल–चीन सम्बन्धमा थप टेवा पुग्नुका साथै दुई देशका लगानीकर्ताबिच सम्बन्ध विस्तार गरेको राजदुत सोङले बताए ।
आयोजनाका साझेदार बुटवल पावर कम्पनीका प्रमुख पद्मा ज्योतीले आयोजनास्थल आसपासका स्थानीय वासीन्दाहरुलाई प्रचलित कानुनको अधिनमा रही शेयर उपलब्ध गराउने योजना रहेको बताए ।
कार्यक्रममा नेपाल सरकारका प्रवक्ता, सूचना, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, उर्जा, जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्का, एससीआइजी इन्टरनेशनल लिमिटेड, छिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्युवाईसी इन्टरनेशनल लिमिटेडका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
आयोजना निमार्णमा बुटवल पावर कम्पनीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको ८० प्रतिशत गरी कुल ३२ करोड तीस लाख अमेरिकी डलरको लगानी हुनेछ ।
यो पिकिङ रन अफ दि रिभर (अर्ध–जलाशय) प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ७६६.५९३ गिगावाट आवर उत्पादन गर्न सक्छ । ग्रस हेड ४३०.२० मिटर छ । हेडरेस ६.०७५ किमी निर्माण हुने छ ।
प्रतिक्रिया दिनुहोस्