२०८१ माघ २६

नेपाली काँग्रेसले देशको आर्थिक अवस्था सुधारको उपायबारे विज्ञहरुसँग छलफल गर्ने ।

काठमाण्डौँ, आज नेपाली काँग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दैछ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
शुक्रबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले बताए ।