२०८१ माघ २६

डिआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय ।

काठमाण्डौँ, मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआईजीद्वयलाई बढुवा गर्ने निर्णय गरेको हो । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन् ।
कार्तिक १४ गते गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।