२०८१ मंसिर २९

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालमा ।

काठमाण्डौँ, भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी (न्भलभचब िग्उभलमचब म्धष्खभमष्, एख्क्ः, ब्ख्क्ः) पाँच दिने भ्रमणको सिलसिलामा काठमाडौँ आईपुगेका छन् ।
प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष द्विवेदी पत्नी तथा भारतीय सेनाको (ब्चmथ ध्ष्खभक ध्भािबचभ ब्ककयअष्बतष्यल (ब्ध्ध्ब्) की अध्यक्ष श्रीमती सुनिता द्विवेदी सहित पाँ पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाण्डौँ आएका हुन ।
स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री प्रेम ध्वज अधिकारी र धर्मपत्नीले स्वागत गरेका थिए ।


भ्रमणको क्रममा जनरल द्विवेदीलाई मिति २०८१ मंसिर ०६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।