२०८१ मंसिर २९

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने ।

काठमाण्डौँ, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज बिहानसम्म देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । त्यो हुस्सु क्रमशः हट्दै जाने विभागले जनाएको छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत रहेको छ । त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेका छन् ।