२०८२ बैशाख ८

त्रिशूली नदीमा ट्रक खस्यो, प्रहरीद्वारा सबैको उद्धार ।

मुगलिङ, पृथ्वीराजमार्ग खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताए ।
दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्ने हुग्दीखोला नजिकै पर्दछ । ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।