२०८१ मंसिर २९

दक्षिणी र पूर्वी अस्ट्रेलियामा विनाशकारी डढेलो, बासिन्दालाई वासस्थान खाली गर्न आदेश ।

 

काठमाण्डौँ, अस्ट्रेलियाको दक्षिणपूर्वी भिक्टोरिया सहरका बासिन्दालाई डढेलोको जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।
दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायका निम्ति आपत्कालीन चेतावनी जारी गरेका छन् ।
अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनीकरणका लागि सुरक्षित विकल्प अपनाउन अन्यत्र जानु भनेको उल्लेख गरेका छन् । अवस्था धेरै बिग्रन सक्ने र त्यहीँ बसेमा आपत्कालीन सेवा समेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएको छ ।
मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी डढेलोको खतरा रहेको पूर्वानुमान गरेको छ ।
मेलबर्नबाट करिब १०० किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको डढेलोसँग लड्न २० भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।
अधिकारीहरूले मुलुकभर सतर्कता अपनाउन सुझाव दिएका छन् । भिक्टोरियाका धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानसँगै आइतबारबाट अवस्था सहज हुने अपेक्षा गरिएको छ । सिन्ह्वा