२०८१ माघ २६

आज पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो ।

काठमाण्डौँ, देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षा र तराई क्षेत्रमा हुस्सु र कुहिरोको सम्भावना रहेको जल तथा मौसमपूवाृनुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।