२०८१ माघ ६

परराष्ट्रमन्त्री राणा चीन जाँदै ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जानलागेका हुन ।
प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जान लागेका छन्  । परराष्ट्रमन्त्री राणा मंसिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनको चीन भ्रमण हुन लागेको जनाइएको छ ।
परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार नोभेम्बरमहिनाको अन्तिम साता उहाँले चीन भ्रमण गर्नुहुने गरी तयारी सुरु भएको छ । औपचारिक मिति भने तय भइनसकेको पाठकले बताए । चीन भ्रमणको तयारी अनुसारै केही दिनअघि मात्र उनले नेपालका लागि चीनका राजदूत छन् सोङसँग छलफल गरेका थिए ।