नेपाली महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा ।

काठमाण्डौँ, आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
नेपाली सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भएको छ ।
बुधबार भएको यूएईविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेमा १४० रन बनाउँदा २१ वा सोभन्दा बढी रनअन्तरले जित्नुपर्ने थियो भने लक्ष्य पछ्याउँदा १६.१ ओभरमा पूरा गर्नुपर्ने समीकरण थियो ।
दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर घरेलु टोली यूएईले पहिले ब्याटिङ गर्ने निर्णय ग¥यो । यूएईको त्यो निर्णयलाई नेपालले सुरुवातदेखि नै विकेट लिँदै गलत बनाएको थियो ।
कृष्मा गुरुङको ४, अनि रिया शर्मा र सीमा केसीको २–२ विकेट मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो यूएईका लागि कप्तान समाइरा धर्निधार्काले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रजिथले २० रन जोडिन् ।
लावान्या केनी र इन्धुजा नन्दकुमारले समान १० रन जोडे । कृषामा गुरुङले १८ औं ओभरमा इन्धुजासहित ३ खेलाडीलाई आउट गरेपछि नेपालले स्कोर गति रोकेको थियो ।
नेपालका लागि कृष्माले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिइन् । रियाले ४ ओभरमा १२ र सिमानाले १८ रन खर्चेर समान २ विकेट लिए ।
८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक सुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पा¥यो ।
प्रतिक्रिया दिनुहोस्