दिपक मनाङेको गिरफतारीप्रति जनजाति अगुवाहरुको आपत्ती ।
काठमाण्डौँ, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) जनजाति भएकै कारण हातकडी लगाएको भन्ने ठहर जनजाति अगुवाहरुको छ ।
केही दिनअघि सर्वोच्च अदालतबाट ज्यानमार्ने उद्योगमा दोषी ठहर गरी निर्णय भएको थियो । सो निर्णय सार्वजनिक भएसंगै सम्पर्क विहीन भएको भन्ने समाचारहरु प्रकातिशत भएपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका थिए ।
उनले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि स्वंयम अदालतमा उपस्थित हुने समेत जनाएका थिए । सोही अनुसार सोमबार अदालतमा उपस्थित भएपनि प्राविधक कारणवस समपर्ण नभएको र मंगलबार अदालतमा समर्पीत हुने तयारी भइरहेको बेला, आफन्तको घरमा रहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, लैनचौरले गिरफतार गर्नुलाई खेदजन भएको जनजाति अगुवाहरुले बताएका छन् । सर्वो अदालतको फैसलालाई स्वीकार गरी फैसलाको पूर्णपाठ प्राप्त भएपछि आफै अदालतमा उपस्थित हुनेछु भन्दाभन्दै गिरफतार गरी हातकडी लगाउनु निन्दनीय समेत भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्