तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली, पूर्वमन्त्री पाल्तेन गुरुङ हर्षित ।
चामे, हिमालपारिको जिल्ला मनाङको पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प)मा राष्ट्रिय विद्युत प्रसारण लाइन पुगेसंगै पूर्वमन्त्री पाल्तेन गुरुङले खुसी ब्यक्त गरेक छन् ।
मनाङ ङिस्याङ गाउँपालिका–९, खाङ्सारस्थित् बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पु¥याएर विद्युत् आपूर्ति सुरु गरिएको छ । बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएसंगै तात्कालीन मन्त्री पाल्तेन गुरुङले २०४४ साल देखिको आफनो सपना पुरा भएको प्रतिक्रिया दिएका छन् । ।
पूर्वमन्त्री मन्त्री गुरुङले आपूm मन्त्री बन्न अधिदेखि नै हिमाल पारीको जिल्ला मनाङलाई राष्ट्रिय विद्युत प्रसारण लाइनसंग जोडनु पर्छ, जसले जिल्लाको समग्र विकासको ढोका खोल्न सक्छ भन्ने लागेको थियो । र पछि, म मन्त्री भएपछि पनि सोही कुरालाई प्राथमितामा राखेर जिल्लाको समग्रा विकासमा लागी रहें र आज सो कार्यले पूर्णता पाएको छ । जो मेरो जिवनकालमै सम्भव भयो । त्यसका लागि नेपाल सरकार, विद्युत प्राधिकरण र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान धिसिङलाई धन्यवाद दिन चहान्छु, उनले भने ।
तिलिचो तालको आधार शिविर (बेसक्याम्प)मा बेसक्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेसक्याम्पमा विद्युत्का ग्राहक सख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको व्यापकले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको थियो, “राष्ट्रिय लाइन पुगेपछि बेसक्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ” ।
केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको जानकारी दिनुभयो ।
जनप्रतिनिधीसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “बेसक्याम्पमा राष्ट्रिय ग्रीड पु¥याउनमा केन्द्रित थियौँ, ठूलो सख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउनेछौँ ।”
लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३÷११ केभी सबस्टेसनमा पु¥याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेसक्याम्पमा पु¥याइएको हो ।
प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताउनुभयो ।
मस्र्याङ्दी करिडोर दुईसय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा दुईसय २० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्