२०८१ मंसिर २९

तिमाङ खेल मैदानको स्तरोन्नतीमा सांसद गुरुङको चासो, बिस्तृत योजना बनाउन आग्रह ।

मनाङ, हिमाली जिल्ला मनाङको तिमाङस्थित् खेल मैदान स्तरोन्नतीका विषयमा प्रतिनिधी सभा सदस्य टेकबहादुर गुरुङले चासो लिनुभएको छ ।
जिल्ला भ्रमणका बेला सांसद गुरुङले स्थानिय सरोकारवालाहरुसँग खेलमैदानको विषयमा छलफल समेत गरी चामे गाउँपालिका–१, तिमाङमा रहेको खेल मैदानलाई विबिध विधाको खेलसँगै खेल पर्यटनसँग जोडिएर बृहत्तर योजना बनाई विकास गर्ने विषयमा छलफल भएको हो ।
छलफलमा मनाङ जिल्ला समन्वय समितिका प्रमूख चिनबहादुर घले, प्रदेश सभा सदस्य मुनिन्द्रजंङ गुरुङ, मनाङ खेलकुद विकास समितिका अध्यक्ष दुधबहादुर गुरुङ लगायत स्थानियको सहभागिता रहेको थियो ।
मनाङ देशकै महत्वपूर्ण पर्यटकिय जिल्ला भएकोले साहासिक खेलबाट पनि अझै पर्यटन प्रवद्र्धन गर्न सकिने भएकोले तिमाङ खेल मैदानलाई विविध बिधाको खेल गन्तव्यको रुपमा विकास गर्नुपर्ने सांसद गुरुङले बताए ।
पछिल्लो समय साहासिक पर्यटकिय गन्तव्यमा पर्यटकहरु आकर्षित हुनेगरेका छन् । तिमाङ हाई अल्टिच्युट खेल मैदान हो’ सांसद गुरुङले भने ‘हाई अल्टिच्युड खेलका लागि तिमाङले विश्वकै ध्यानाकर्षण गर्न सक्छ ।’