२०८१ माघ ६

धरापानीमा बोलेरो जिप पल्टीयो, चालक सहित सबै यात्रु सकुशल ।

धरापानी, बेसीशहर–चामे सडक खण्डको धारापानीमा आज ग १ ज ६९४२ नम्बरको यात्रुबहाक बोलेरो जिप पल्टीएको छ ।
पोखराबाट ९ जना यात्रु लिएर माथिल्लो मनाङ (निस्याङ गाउँपालिका) को खाङसार तर्फ जाँदै गरेको उक्त जिप आज दिउँसो २ः१० बजे नासों गाउँपालिकाको धारापानी खण्डमा दुर्घटना भएको र दुर्घटना कसैलाई पनि कुनै चोट समेत नलागेको धारापानी प्रहरी पोष्टका असई भिमबहादुर छन्त्याले जानकारी दिए । असई छन्त्याका अनुसार धारापानी खण्डको उकालो उकल्ने क्रममा नचडेपछि ब्याक भई पल्टीएको थियो । अहिले जिपलाई उठाइ बाटो सुचारु गरिसकिएको उनले बताए ।
यो जिप, यस क्षेत्रमा पहिलो पटक आएको हुनाले बाटोको आवस्थाबारे जानकारी नहुँदा सामान्य त्रुटीका कारण दुर्घटना भएको पनि असई छन्त्याको भनाइृ छ ।