२०८१ मंसिर २९

एयर एसियाले आजदेखि बैंकक–भैरहवा उडान सुरु गर्यो ।

भैरहवा, लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आजबाट सुरु भएको छ ।
नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो ।
भैरहवा प्राधिकरणका कार्यालय निमिक्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । उाले यो तालिका अनुसारकै फ्लाईट भएको बताउनु भयो । अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने बिमानस्थलले जनाएको छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबार देखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो सवा १२ बजे आउने बज्राचार्यले जानकारी दिए ।


थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा तथा काठमाण्डौँ उडान शुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।