२०८१ मंसिर २९
भारतको कश्मीरमा सुरक्षा बल र आतंककारीबीच भिडन्त, तीन आतंककारी मारिए ।
काठमाण्डौँ, भारतको कश्मीरमा पछिल्लो ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनपटक भिडन्त भएको छ । जसमा चार सैनिक घाइते भएका छन् । अन्य तीन आतंककारी मारिएका छन् ।
श्रीनगरको खानयारको एउटा घरमा आतंककारी लुकेका थिए । सेनाले घरमा बमबारी गरेको छ । जसमा एक आतंकवादी मारिएका छन् । घटनास्थलबाट आतंककारीको शव र गोलाबारुद बरामद गरिएको भारतीय सञ्चारमाध्यमले उल्ल्ेख गरेको छ ।
श्रीनगरमा दुई सीआरपीएफ जवान र दुई प्रहरी पनि घाइते भएका छन् । १५ सेप्टेम्बर २०२२ पछि यो पहिलो आतंकवादी घटना हो । त्यसपछि भिडन्तमा दुई आतंकवादी मारिएका थिए ।
शनिबार अनन्तनागमा भएको भिडन्तमा सुरक्षा बलले दुई आतंककारीलाई मारेको थियो । शनिबार बिहान साङ्गुस लार्नुको जंगलमा सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्