२०८१ चैत्र १३

सशस्त्र प्रहरीलाई सीमाको डेडिकेटेड फोर्स बनाइन्छ : गृहमन्त्री लेखक

काठमाण्डौँ, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए ।
‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, मौज्दुता बीओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको गृहमन्त्री लेखकले बताए ।


उनले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने पनि बताए ।
‘नयाँ कानुनले सशस्त्र प्रहरी बललाई थप सबल’ सक्षम र व्यवसायिक बनाउने विश्वास छ’, मन्त्री लेखकले भने ।