२०८२ असार १०
ललितपुरका बाढीपहिरो पीडितलाई पूर्वप्रधानमन्त्री देउवाले राहत वितरण गर्ने ।

ललितपुर, नेपाली काँग्रेसका पूर्वप्रधानमनत्री एवं सभापति शेरबहादुर देउवाले ललितपुरका बाढीपहिरो पीडितका लागि मंगलबार राहत वितरण गरिने भएको छ । गोदावरीस्थित वेलकम पार्टी प्यालेसमा बिहान साढे दस बजेबाट राहत सहयोग वितरण कार्यक्रम राखिएको छ ।
ललितपुरका बाढीपहिरो पीडितहरूका लागि मृतकका परिवारहरूलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने तयारी रहेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्