२०८१ चैत्र १३

सांसद टेकबहादुर गुरुङ नेतृत्वको प्राविधिक टोली मनाङमा ।

चमे, प्राविधिक टोली सहित गृहजिल्ला मनाङ पुगेका सांसद मा. टेकबहादुर गुरुङको टोलीले धारापानी क्षेत्र, तिमाङ झरनाको निमार्णधीन पुलका साथै सदरमुकाम चामेको पनि स्थालगत निरिक्षण गरेका छन् ।


शुक्रबार मनाङको ताल गाउँ पुगी हालचालै निमार्ण भएको तार जाली पर्खालको स्थलगत निरीक्षण गरेको थियो । शनिबार बिहानै सहित धारापानी क्षेत्रको निरीक्षणका साथै भावी कार्ययोजनाबारे स्थानीय जनप्रतिनिधि सगं छलफल गरेको थियो । त्यसैगरी लमजुङको नादी देखि मनाङको कोतोसम्म (५० किमी) सडकको स्तरउन्नती कार्य गरीरहेको मस्र्याङदी जलविद्युत आयोजनाका प्रतिनिधिसंग पनि गहन छलफल गरेको छ । त्यसपछि सांसद मा. गुरुङ नेतृत्वको टोलीले तिमाङ झरनाको पुल र गतबर्षको बाढीले क्षतीग्रस्त सदरमुकाम चामे क्षेत्रको स्थलगत निरीक्षण गरी भावी कार्ययोजना तर्जुमा गरेको छ ।


स्थलगत निरीक्षणमा मा. टेकबहादुर गुरुङ, प्रदेश सांसद मुनिन्द्रजंग गुरुङ, जलश्रोत तथा सिचाई विभागका सिनियर डिभिजन ईञ्जिनियरसुपिन्दै खत्री, ईञ्जिनियर सुसन श्रेष्ठ, लेखापाल थमबहादुर थापा, मनाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, प्रहरी प्रमुख डिएसपी एनके सिंहका साथै स्थानीय जनप्रतिनिधि सहभागी थिए ।