२०८१ चैत्र १३

प्राविधिक टोली सहित मा. टेकबहादुर गुरुङ जिल्ला भ्रमणमा, विकास निमार्ण सम्बन्धी कार्यको स्थगत निरीक्षण गर्दै ।

धारापानी, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं सांसद मा. टेकबहादुर गुरुङ प्राविधिक टोली सहित गृहजिल्ला मनाङ पुगेका छन् ।
सांसद गुरुङ शुक्रबार प्राविधि टोली सहित मनाङको ताल गाउँ पुगी यसै बर्ष मस्र्याङदी नदीको बाढीले क्षति पुर्याएको क्षेत्रमा निमार्ण भएको तार–जाली पर्खालको स्थलगत निरीक्षण गरेका छन् । त्यसका साथै भावी दिनहरुमा आउन सक्ने बाढीबाट ताल गाउँलाई कसरी सुरक्षीत बनाउन सकिन्छ । त्यसका लागि के कस्ता पूर्वधारहरुको निमार्ण गर्न सकिन्छ भन्ने बारे पनि प्राविधि टोली, जनप्रतिनिधि र स्थानीयसंग छलफल गरेका छन् ।


स्थलगत निरीक्षण र छलफलमा मा. टेकबहादुर गुरुङ, प्रदेश सांसद मुनिन्द्रजंग गुरुङ, जलश्रोत तथा सिचाई विभागका सि.डि.ई सुपिन्दै खत्री, ईञ्जिनियर सुसन श्रेष्ठ, लेखापाल थमबहादुर थापा, मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य,सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, प्रहरी प्रमुख डिएसपी एनके सिंह, नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ, वडा नं.–१ अध्यक्ष मीनकाशी गुरुङ, वडा नं.–४ अध्यक्ष धर्मजंङ गुरुङ, वडा नं.–५ अध्यक्ष युक्तेन गुरुङ, वडा नं –६ अध्यक्ष पुष्पबहादुर गुरुङ,वड न.–७ ओम बहादुर गुरुङ सहभागी थिए ।

त्यसैगरी, बेसीशहर–चामे सडक अन्र्तगत खुदीबाट कोतोसम्म ५० किमी सडक मस्र्याङदी जलविद्युत आयोजनाले शुरु गरेको स्तर उन्नती कार्यको पनि स्थलगत निरीक्षण गरेका छन् ।


प्राविधि टोली सहित सांसद गुरुङले आज धारापानी, तिमाङ झरनाको पुलका साथै सदरमुकाम चामे क्षेत्रको स्थलगत निरक्षणका साथै दिर्घकालीन समाधानबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।