२०८१ चैत्र १३

सन्धुली–रामेछाप जोड्ने बेलिब्रिजको मर्मत कार्य सम्पन्न, पुल पुनः सञ्चालनमा ।

काठमाण्डौँ, बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ ।
सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् ।
१२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै उनले नेपाली सेनाको टोलीलाई सम्मान गरेका हुन् ।


मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली – रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौँका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनाल सहितको टोलीले सडक अनुगमन गरेको हो ।
बाढीले क्षतिग्रस्त बनाएको सो पुलबाट पुननिर्माण पश्चात भारबहन क्षमता परीक्षण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।