२०८१ कार्तिक २०

सामाजिक अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड ।

काठमाण्डौँ, नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई उक्त अवार्ड प्रदान गरका छन् ।
अमेरिकी स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकी थिइन् । उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आएकी छन् ।
चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसंख्यक समुदायको लागि विभेद र शोषणको विरुद्धमा काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।
कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी थिए । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन् । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन् ।